Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चक्कु प्रहार गरी कालिमाटीमा १८ वर्षिय किशोरको हत्या, एक जना पक्राउ

काठमाडौं । कैलालीमा १८ वर्षिय किशोरले चक्कुु प्रहार गरी अर्का १८ वर्षकै किशोरको हत्या गरेका छन् ।

प्रहरीका अनुसार सामान्य विवाद हुँदा शुक्रबार राति टीकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले अनुपको हत्या गरेको स्वीकार गरेका छन् ।

चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो । हत्या स्वीकार गरेका किरणमाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077