काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तीन महीनादेखि उद्दारको पर्खाइमा रहेका ३२ जना नेपालीहरु आज बिहान काठमाडौं आइपुगेसगै अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने कार्य सकिएको छ । सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्दार गरी स्वदेश फिर्ता ल्याएको हाे ।
उनीहरु काबुलबाट इरानको राजधानी तेहरान र दुबई हुँदै आज नेपाल आइपुगेका हुन् । नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट ३० जना नेपाली काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले २९ जना नेपालीलाई ल्याएका थिए । तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए ।
करिब एक हजार नेपालीको उद्दार यसअघि नै भैसकेको छ । ३२ जना नेपाली भने काबुल विमानस्थल पुगेर पनि स्वदेश फर्किन पाएका थिएनन् । भिसाको अवधि सकिएको भन्दै उनीहरुलाई एयरपोर्टबाट फिर्ता गरिएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।
Leave a Reply