Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टी–२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान पराजित

    टी–२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान पराजित

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ। सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको छ।

    जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले ४७ बलमा ४ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए। आसिफ अली ७ बलमा ४ छक्का सहित २५ रन जोडे।



    शोएब मलिकले १९ रन बनाए। अफगानिस्तानका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले १–१ विकेट लिए।



    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो। अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३२ बलमा ५ चौका सहित ३५ रनमा अविजित रहे। गुलबदीन नईब २५ बलमा ४ चौका र १ छक्का प्रहा सहित ३५ रनमा अविजित रहे। करिज जन्नत १५ र नाजिबुल्लाह जद्रान २२ रन जोडे।

    पाकिस्तानका स्पिनर ईमाद वासिमले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १–१ विकेट लिए। पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो।

    सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।

    समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ। अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार