Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • युनिसेक्स कण्डम : महिला र पुरुष दुबैले प्रयोग गर्न मिल्ने, कति पर्छ मूल्य ?

    युनिसेक्स कण्डम : महिला र पुरुष दुबैले प्रयोग गर्न मिल्ने, कति पर्छ मूल्य ?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 7K
    SHARES

    काठमाडौं । विश्वमा पहिलोपटक युनिसेक्स कण्डम बनेको छ। महिला र पुरुष दुबैले प्रयोग गर्न मिल्ने दुनियाँको पहिलो युनिसेक्स कन्डम बनेको हो।

    यो कन्डमको प्रयोग महिला वा पुरुष दुवैले गर्न सक्नेछन्। मलेसियाका एक डाक्टरले बनाएको यो कन्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको छ। जसको प्रयोग सामान्य अवस्थामा घाउ वा चोटपटकको ड्रेसिङका क्रममा गरिन्छ।



    यो युनिसेक्स कन्डमको नाम वान्डालिफ युनिसेक्स कन्डम राखिएको छ। मेडिकल सप्लायर्स मलेसियन कम्पनी ट्वीन क्याटलिस्टका गाइनोक्लोजिस्टले यसको प्रयोगबाट जन्मदरमा नियन्त्रणसँगै यौन स्वास्थ्यको पनि सुरक्षा गर्न सकिने बताएको छ।



    गाइनोक्लोजिस्ट जान ताङ इङ्गले यो कन्डम पनि अन्य सामान्य कन्डमहरू जस्तै भएको र यसमा टाँसिने कभर भएकाले प्रयोग पनि सहज हुने बताएका छन्। यो कन्डम पुरुषको लिङ्ग र महिलाको योनीमा टाँसेर सहजै प्रयोग गर्न सकिने उनले बताएका छन्।

    यो कन्डमको एकटा बट्टामा २ कन्डम हुने र यसको मुल्य १४.९९ रिङ्गेट राखिएको कम्पनीले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार