Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै साथीको शरिरमा १ सय ७ पटक चक्कु प्रहार, गोप्य अंगसमेत काटेर दर्दनाक हत्या

एजेन्सी । इंग्ल्याण्डमा मुटु काँप्ने अपराधको घटना बाहिर आएको छ। हरर फिल्म ‘द कन्जुरिङ ३ : द डेविल मेड मी डु इट’ हेर्नका लागि सिनेमा हल जानुअघि एक शेफले आफ्नो साथीको दर्दनाक हत्या गरेका छन्।

२० वर्षीय लुइस एशडाउनले १८ वर्षीय मार्क विलियम्सको शरिरमा ४० मिनेटमा १ सय ७ पटक चक्कु प्रहार गरेका थिए। शुरुमा ह्विस्की र चिसो पिउन बोलाएर मार्कलाई जंगलमा लगी लुइसले आक्रमण गरेका थिए।

त्यतिमात्र हैन लुइसले मार्कको आँखा निकालेर चक्कुले उनको गोप्य अंग पनि काटिदिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। लुइस आफैंले घटनाको ७ वटा भिडियो समेत बनाएको पाइएको छ।

प्रहरीका अनुसार उनीहरु ६ महिना पहिला अनलाइनमा साथी बनेका थिए। त्यसपछि योजना बनाएर उनीहरुले भेट गरेका थिए। सोही पहिलो भेटमै लुइसले मार्कको हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077