Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक: ओली र रावलबीचको चर्काचर्कीलाई अष्टलक्ष्मीले रोकिन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको छ।

शुक्रबार ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहरालगायतकाले उनीहरुलाई रोकेका थिए ।

यस्तै, कार्यक्रममा रावलले प्रभु साहले केन्द्रीय सदस्यमा मनोनित गरेका नेताहरुलाई ओलीले सपथ गराएको बिषयमा पनि आपत्ति जनाएकका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077