काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन आह्वान गरेको छ ।
शुक्रबार समाजका सभापति गोविन्द खनालले एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधानन्यायाधीशको भएको भन्दै
राजिनामाको माग गरेका छन्।
‘असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको हो । उहाँले राजीनामा दिई निकास दिनुपर्छ, बिज्ञप्तिमा भनिएको छ, ‘उहाँले राजिनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाई वर्तमान प्रधानन्यायाधीशको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतक दलहरुलाई शान्ति समाज आग्रह गर्दछ।
यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘न्यायिक क्षेत्रमा यस्तो स्थिति उत्पन हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तिव्र राजनीतिकरण, विचौलियाको विगविगिदेखि अनेकौँ कारणहरु रहेका छन् । त्यसका लागि सबै प्रमुख दलहरु धेर थोर जिम्मेवार छन्।’
प्रधानन्यायाधीश जबराको राजीनामा वा बहिर्गमनलाई न्यायिक क्षेत्रको शुद्धिकरणको पहिलो पाइला बनाउन समेत समाजले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
Leave a Reply