Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • एक हप्ताभित्र नयाँ प्रधानमन्त्रीको घोषणा गर्ने सुडानी सेनाको ठोकुवा

    एक हप्ताभित्र नयाँ प्रधानमन्त्रीको घोषणा गर्ने सुडानी सेनाको ठोकुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन्।

    प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल-बुर्हानले स्पुतनिकलाई भने, “मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुननेछ।”



    सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ ।



    सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल-बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन्।

    मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार