Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नागढुङ्गा सुरुङमार्गमा काम गर्ने मजदुरको सुरुङभित्रकै सवारीले ठक्कर दिँदा ज्यान गयो

    नागढुङ्गा सुरुङमार्गमा काम गर्ने मजदुरको सुरुङभित्रकै सवारीले ठक्कर दिँदा ज्यान गयो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    धादिङ । धादिङ-काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।



    घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।



    मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार