Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड भन्छन्- मलाई डेढ लाखको खाटमा सुत्यो भने, ओलीले त नुहाउन मात्रै अरबौंको सामान ल्याएछन्

चितवन । गृहजिल्ला चितवनको भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा विदेशबाट महँगा-महँगा सामान ल्याएर सरकारी रकमको दुरुपयोग गरेको आरोप लगाएका छन्।

शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीलेबालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग गर्यो भनेर हल्ला चलाइएकोमा त्यसको प्रतिबाद गर्दै प्रचण्डले भने, ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछन् हेर्नुस् । त्यो देख्दा अरु त अरु शेरबहादुर देउवाले जिब्रो टोक्नु भाछ रे ।’

त्यस्तै, कार्यक्रमा ओलीविरुद्द आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले थपे, ‘नुहाउनका लागि ल्याएको पनि अरबौं, करोडौंको छ ।’ विदेशबाट महँगा सामान ल्याएर प्रयोग गरिएकोबारे गठबन्धनमा छलफल भएको भन्दै प्रचण्डले त्यो सार्वजनिक हुँदै जाने पनि बताए ।

त्यसगरी, कार्यक्रममा नेकपा एमालेले आफ्नो गृहजिल्लामा पार्टीको १०औँ महाधिवेशन गर्न लागेपछि आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले एमाले अध्यक्ष ओली मानसिक रुपले हारिसकेको बताए ।

ओलीले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘देशभर र देशबाहिर रहेका सम्पूर्णहरुको ध्यान चितवनमा छ, चितवनमा चुनाव मात्रै हुनेवाला छैन, उनले थपे, ‘यहाँ ठूलो लडाइँ हुनेवाला छ, ठूलो टक्कर हुुँदै छ ।’

चार दिनदेखि अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनमा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077