Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड आफूलाई भेट्न आएको प्रधानन्यायाधीशको खुलासा

काठमाडौं । सरकारमा भागवण्डा खोजेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कानून विपरित परमादेश जारी गरेको, न्यायपालिकाको नेतृत्व गर्न नसकेको र पदीय मर्यादा कायम राख्न नसकेको जस्तो आरोप खेपिरहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दशैंअघि आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको खुलासा गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आफूलाई भेट्न सरकारी निवासमा आएको बताएका हुन् ।

दशैंको शुभकामना दिनका लागि उनी सरकारी निवास बालुवाटारमा आएर १० मिनेट बसेको बताएका प्रधानन्यायाधीश राणाले प्राइम टाइम्स टेलिभिजनमा दिएको अन्तरवार्तामा भनेका छन्–‘प्रचण्ड आउनुभयो १० मिनेट बस्नुभयो तर चिया पनि नखाई फर्किनुभयो।’

चौतर्फी रुपमा राजीनामा माग भइरहहेका बेला पदको लोभ छैन भने किन राजीनामा नदिने ? भन्ने प्रश्नमा राणाले भनेका छन्–‘तीन करोडको प्रतिनिधित्व गर्छु । पाँच जनाले मागेर राजीनामा दिएर मैले न्यायपालिकालाई अनाथ बनाएर भविष्यमा यही प्रवृत्ति दोहोरिने बाटो किन गर्नु ? राजीनामा राजीनामा भनिरहेका छन् । यो मेरो कानमा पनि छैन, आँखामा पनि छैन, मस्तिष्कमा पनि छैन । म संविधानको इमान्दार पदाधिकारी हुँ । संविधानले नै पदको सिर्जना गरेकाले त्यो संविधान विरुद्ध म जाउँला र रु संविधान विपरीत क्रिया भएको छ भने कुनै हालतमा (स्विकार गर्दिनँ ।) । त्यही प्रक्रियाबाट गलत सावित गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077