Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले चितवनमा महाधिवेशन गर्न लागेपछि प्रचण्डले भने- यहाँ ठूलो लडाइँ हुँदैछ

चितवन । गृहजिल्ला चितवनको भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन्।

शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेकपा एमालेले आफ्नो गृहजिल्लामा पार्टीको १०औँ महाधिवेशन गर्न लागेपछि आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली मानसिक रुपले हारिसकेको बताए।

ओलीले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, 'देशभर र देशबाहिर रहेका सम्पूर्णहरुको ध्यान चितवनमा छ, चितवनमा चुनाव मात्रै हुनेवाला छैन, उनले थपे, 'यहाँ ठूलो लडाइँ हुनेवाला छ, ठूलो टक्कर हुुँदै छ ।’

चार दिनदेखि अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनमा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077