एजेन्सी। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई लागूऔषध मुद्दामा २५ दिनपछि ठूलो राहत मिलेको छ । आर्यनको जमानत याचिकामा लगातार तीन दिनसम्म सुनुवाई गरेपछि बिहीबार बम्बे उच्च अदालतले उनलाई जमानत दिने निर्णय गरेको हो।
आर्यन खानसँगै अरबाज मर्चेन्ट, मुनमुन धमेचाले पनि जमानत पाएका छन् । तर, आज राती आर्यन खान जेलमै रहनेछन् । आर्यन, अरबाज र मुनमुन अदालतको आदेश पाएपछि मात्र जेलबाट छुट्न सक्नेछन् । तीनै जना शुक्रबार वा शनिबार जेलमुक्त हुन सक्नेछन् ।
आर्यनका वकिलको ३ पटकको प्रयासपछि जमानत मिलेको हो। उता विवादित बनेका किरण गोसावीलाई ८ दिन हिरासतमा राख्न आदेश दिइएको छ।
आर्यन रिहा हुने खब सँगै बलिउड सेलिब्रटीहरुले खुशी मनाएका छन्। उनीहरुले न्यायको जित भएको बताएका छन्। आर्यनलाई ड्रग्स पार्टी गरेको आरोपमा एनसीबीले पक्राउ गरेको थियो।
जेलमा रहेका बेला आर्यनले धेरै पारिवारिक कार्यक्रमहरु गुमाएका छन्। यस प्रकरणमा अभिनेत्री अनन्या पाण्डेसमेत जोडिएकी थिइन्। एनसीबीले उनीसँग पनि सोधपुछ गरेको थियो।
आर्यनले जमानत पाएको खबर सुन्ने बित्तिकै शाहरुखको आँखामा आँसु आएको छ। शाहरुखको कानुनी टोलीसँगको तस्बिर सार्वजनिक भएको छ ।
Leave a Reply