Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीमा नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक : स्वास्थ्य क्षेत्रलाई थप सुधार गर्ने निर्णय

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को बैठक बसेर एउटा निर्णय गरेका छन् ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रलाई थप सुधार गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पाण्डेले प्रदेशस्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, थप श्यया साथै भेन्टिलेटर र औषधिको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छन् ।

बागमतीका १३ वटै जिल्लामा देखिएको कोभिड, स्क्रबटाइफस, मौसमी फ्लुजस्ता सरुवा रोगको नियन्त्रण, रोकथाम र व्यवस्थापन गरी नागरिकको जीवन सहज बनाउन स्वास्थ्य मन्त्रालय एवं सरोकारवाला निकायले प्रदेशस्तरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक

उपकरण, श्यया सङ्ख्या तथा थप आइसियु, इसियु, पीआइसियु र भेन्टिलेटर जडान गर्न तथा औषधिजन्य स्वास्थ्य सामग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित

प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077