Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् भारत, अमेरिका र बेलायतका लागि सिफारिस भएका राजदूतहरु

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूतहरु सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई क्रमश भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको संचार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदले सिफारिस गरेकाे नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् ।

यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो ।

यस्तै बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको मन्त्री कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077