Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् भाग्यमानी नेता खनाल, एमाले र समाजवादी दुवैबाट मन्त्री बने

हेटौंडा । नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका छन्।

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा खनाल कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

खनाल यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा पनि सामाजिक विकासमन्त्री भएका थिए । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि पदबाट राजीनामा दिएका हुन्।

यस्तै, खनालसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान पनि मन्त्रीमा नियुक्त भएका छन्।

भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077