Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धानबालीमा क्षति ब्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षति भएको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको संचार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकरी दिए ।

मन्त्री कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ।

यस्तै, बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको मन्त्री कार्कीले जानकारी दिए।

यसैगरी, मन्त्री कार्कीका अनुसार बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूतहरु सिफारिस गरेको छ । डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई क्रमश भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको मन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077