Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद अधिवेशन अन्त्यका लागि सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

यस्तै, आजको बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूतहरु सिफारिस गरेको छ ।

बैठकले डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई क्रमश भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको ती मन्त्रीले बताए।

मन्त्रिपरिषदले सिफारिस गरेकाे नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077