Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक: भारत, अमेरिका र बेलायतका लागि राजदूतहरु सिफारिस

काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूतहरु सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई क्रमश भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदले सिफारिस गरेकाे नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् ।

यसअघि राजदूत नियुक्तिका सन्दर्भमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न सुझाव दिएका थिए ।

तर, देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूतमात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएको ती मन्त्रीले बताए। प्रधानमन्त्री देउवा भोली बेलायत जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077