Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सीसीएमसी बैठक:

    आउँदो चैतसम्ममा कोरोना खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

    आउँदो चैतसम्ममा कोरोना खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीहरुलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    बिहीबार बिहान कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



    साथै, सबै नागरिकहरुले निशुल्क खोपको व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।



    सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री देउवाले खोपमा कुनै कमी प्रकारको नहुन समेत निर्देशन दिएका छन् । दाताहरुसँग आवश्यक मात्रामा खोपको माग गरेर भए पनि सबै नेपालीलाई आउँदो चैतसम्ममा कोभिड खोप लगाउनु पर्ने उनको भनाइ छ।

    नेपालमा हालसम्म हालसम्म कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार