Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ।

संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–०७८ पेश गर्नेछन्।

संसद्को यो नवौं अधिवेशन हो। गठबन्धनको सरकार गठन भए यता संसद्ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो। तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077