Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतद्वारा अग्नि-५ मिसाइलको सफल परीक्षण, ५ हजार किलोमिटर टाढा क्षेप्यास्त्र हान्न सक्ने दाबी

    भारतद्वारा अग्नि-५ मिसाइलको सफल परीक्षण, ५ हजार किलोमिटर टाढा क्षेप्यास्त्र हान्न सक्ने दाबी

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी। भारतले आफ्नो सेनाको शक्ति झनै बढेको दाबी गरेको छ । जमिनबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल अग्नि–५ को बुधबार सफल परीक्षण गरिएको छ । यो मिसाइल एपीजे अब्दुल कलाम टापुबाट प्रक्षेपण गरिएको थियो।

    यो क्षेप्यास्त्रको दायरा ५ हजार किलोमिटर रहेको बताइएको छ ।आज साँझ ७ः५० बजे यो मिसाइल प्रक्षेपण गरिएको जानकारी दिइएको छ । सरकारले पहिले हतियार प्रयोग नगर्ने आफ्नो नीति नै रहने स्पष्ट पारेको छ ।



    यस्तो अवस्थामा भारतले आफ्नो शक्ति बढाउनमा मात्रै पूरा जोड दिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन् ।



    अग्नि ५ को प्रवेशसँगै भारतको सैन्य शक्ति निकै बढेको बताइएको छ । चीनदेखि पाकिस्तानसम्म सबै बेचैन छन् ।

    यो मिसाइलको वास्तविक दायरालाई लिएर पनि दुवै देशमा बहस चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार