Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • डान्स रियालिटी शोको निर्णायक बन्न नेपाल आइन् नायिका निरुता

    डान्स रियालिटी शोको निर्णायक बन्न नेपाल आइन् नायिका निरुता

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नायिका निरुता सिंह नेपाल आएकी छिन्। एक डान्स रियालिटी शोको निर्णायक बन्न उनी एकसाता अघि नेपाल आएकी हुन्।

    मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनी उपस्थित भएकी थिइन्। कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्पियनसिप’मा निरुता मुख्य निर्णायकको रुपमा रहनेछिन्। उनको साथमा यो शोमा जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा देखिनेछन्।



    नायिका निरुता सिंहले आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको रुपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको जानकारी दिएकी छिन्। ‘सबै दर्शकको साथ, माया र आर्शिवाद चाहेको छु,’ उनले भनिन्।



    यो रियालिटी शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस्ले प्रस्तुत गर्न लागेको हो। शोका लागि डिजिटल अडिसन भैसकेको छ। अब, मेगा अडिसनको छायांकन हुनेछ।

    ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ।ेपालमा पछिल्लो समय डान्स र गायन रियालिटी शो निर्माण हुने क्रम ह्वात्तै बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार