Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमतीको मुख्मन्त्रीमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको दाबी

हेटौंडा । वाग्मती प्रदेशको मुख्मन्त्रीमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दाबी प्रस्तुत गरेका छन् ।

वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेले ५९ जना सांसदहरूको हस्तक्षारासहितको समर्थन पत्र लिएर पाण्डेले प्रदेश प्रमुख यादव शर्मा समक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077