Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

हेटौँडा । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

शाक्यको राजीनामा घोषणासँगै अब बाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभामा हाल १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा एमालेसँग ४३, माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन्।

विपक्षी गठबन्धनल मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । उनको पक्षमा ५९ जना सांसद रहेका छन्। माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना सांसद पाण्डेको पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077