Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै

हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछिन्। दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा मतदान हुनेछ।

शाक्य मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी थिइन्। गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरिएको थियो।

शाक्यलाई राजीनामा दिन विपक्षी गठबन्धनले आग्रह गरेको थियो। तर उनले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेकी थिइन्। हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेका थिए। त्यससँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित भएको छ।

विपक्षी गठबन्धनल मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ। उनको पक्षमा ५९ जना सांसद रहेका छन्। माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना सांसद पाण्डेको पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077