Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म बहस गर्दैनौं: शम्भु थापा

    प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म बहस गर्दैनौं: शम्भु थापा

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए भोलि (बुधबार)बाट सर्वोच्चमा बहस नगर्ने बताएका छन्।

    मंगलबार बसेको नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। यदी प्रधानन्यायाधीशले राजीनामा नदिए  भोलिबाट सर्वोच्चमा बहस नगर्ने बताए।



    बैठकपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘आजको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन्, प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने भोलि देखि बहस गर्दैनौं।’



    प्रधानन्यायाधीश राणले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाको भनाइ छ  । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

    तर, यस बिषयमा भने प्रधानन्यायाधीश जबराले भने सडकबाट कसैले राजिनामा माग्दैमा नदिने अडान राख्दै आएका छन्। उनले आज बिहान एक अन्तर्वार्तामा पनि आफू बरु महाभियोगको सामना गर्न तयार रहेको भन्दै राजिनामा नदिने बताएका थिए।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार