Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

    टी–२० विश्वकप : स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी – टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान विजयी भएको छ। अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको हो।

    अफगानिस्तानको जितमा स्पिनरद्वय मुजिब उर रहमान र राशिद खानले कुल ९ विकेट लिएका थिए। जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा मात्र ६० रन जोड्दै अलआउट भयो। ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।



    मुजिबले शीर्ष ४ ब्याट्सम्यानसहित कुल ५ विकेट लिएका थिए। राशिदले पनि तल्लोक्रमका ४ ब्याट्सम्यानलाई आउट गरे। नविन उल हकले १ विकेट लिए।



    त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोडेको थियो। ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले ३४ बलमा ५९ रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

    त्यस्तै मोहमद शाहजादले २२ रन बनाए भने रहमानुल्लाह गुर्बाजले ४६ रनको योगदान दिए। ओपनर हज्रतुल्लाह जजाईले ३० बलमा ३–३ चौका र छक्कासहित ४४ रन जोडे।

    बलिङमा स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १–१ विकेट लिए।

    यस जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ। यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार