Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरी र शसस्त्र प्रहरीको राशन १५ प्रतिशतले बढ्यो

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले वृद्धि भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाउने निर्णय गरेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल पेश गरेका थिए। गृहमन्त्रालयले यसअघि नै आर्थिक वर्ष ०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको थियो।

सोही तयारीलाई मूर्तरुपमा दिन गृहमन्त्री खाणले सो प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेका थिए।

सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम निर्धारण गर्दै आएको छ। नेपाल प्रहरीको संख्या ७३ हजार छ भने सशस्त्र प्रहरीको संख्या करिब ३५ हजार छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077