Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

    प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन्।

    स्वास्थ्य क्षेत्रका अभियन्ताका रुपमा चिनिएका केसीले प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।



    त्यस्तै केसीले जबरालाई अवज्ञा गर्न पनि आह्वान गरेका छन्। राजीनामा नदिए पदमुक्तीका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।



    जबराले न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाारजन्य कार्यमा संलग्न भएर न्यायिक नैतिकताबाट च्युत भएको केसीको आरोप छ।

    ‘न्यायालयको स्वतनत्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं। उहाँको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवाला सबैमा अपिल गर्छांै,’ विज्ञप्तिमा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार