Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • झापामा ओलीले भने- सर्वोच्च अदालत गुटबन्दीको अखडा भयो

    झापामा ओलीले भने- सर्वोच्च अदालत गुटबन्दीको अखडा भयो

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको आरोप लगाएका छन् ।

    सोमबार गृहजिल्ला झापाको गौरादहमा ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चले लोकतन्त्रको हुर्मत लिएको भन्दै सर्वोच्च गुटबन्दीको अखडा भएको आरोप लगाए।



    ‘पार्टीमा त अलिअलि गुटबन्दी भएको छ । अहिले त सर्वोच्च अदालत गुटबन्दीको अखडा !,’ उनले भने, ‘१५ जना न्यायाधीश एकतिर र प्रधानन्यायाधीश एकतिर बसेका छन् रे ! प्रधानन्यायाधीशले बोलाएको बैठकमा जान्न भन्छन् रे ! हाम्रो गुट ठूलो छ। बलियो छ भन्दै छन् रे ! के गुटबन्दीको अखडा हो सर्वोच्च अदालत ?’ उनले प्रश्न गरे।



    तीन दिने झापा भ्रमणमा रहेका ओलीले सर्वोच्चका न्यायाधीशहरुको मिटिङलाई गुटबन्दीको संज्ञा दिंदै उनीहरुको मिटिङलाई गुटबन्दीपूर्ण मिटिङ भएको बताए।

    यस्तै, पूर्वप्रधानमन्त्री ओलीले सर्वोच्च अदालत सट्टापट्टामा चलिरहेको बताए । ‘हामीलाई थाहा छैन। उसले योसँग साट्यो भन्छन्। यसले जेठानसँग साट्यो भन्छन्। उहाँहरू नै आफैँ भनिरहनुभएको छ सट्टापट्टा !,’ उनले भने, ‘सट्टेबाजीको बजार छ रे सर्वोच्च अदालतमा ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार