Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • फुलकोर्ट बहिस्कार गर्ने १४ न्यायाधीशले भोली प्रधानन्यायाधीशलाई भेट्ने

    फुलकोर्ट बहिस्कार गर्ने १४ न्यायाधीशले भोली प्रधानन्यायाधीशलाई भेट्ने

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ‘फूलकोर्ट’ बहिस्कार गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई संयुक्त रुपमा भेट्ने भएका छन्।

    स्रोतका अनुसार प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलले भोलि बिहान साढे ११ बजे सबैले संयुक्त रुपमा भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।



    आज प्रधानन्यायाधीश जबराले फुलकोर्ट बैठक बोलाएका थिए । तर १४ न्यायाधीशहरुले बैठक बहिस्कार गरेर बिहानैबाट छलफलमा जुटेका थिए । स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए ।



    छलफलपछि भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेट्ने र आफ्नो धारणा राख्ने सहमति भएको थियो । यता प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन ।

    प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए ।

    तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा छुट्टै बैठकमा बसेका थिए ।

    यता आइतबार छुट्टै बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी भने सोमबार सर्वोच्च अदालतमा उपस्थित थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार