Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अदालतले धरौटी अस्वीकार गरेपछि चिन्तामा डुबे शाहरुख, छोरालाई भेट्न जाँदै आमा गौरी खान

    अदालतले धरौटी अस्वीकार गरेपछि चिन्तामा डुबे शाहरुख, छोरालाई भेट्न जाँदै आमा गौरी खान

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । लागूऔषध सेवन मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका छोरा (आर्यन खान)लाई भेट्न आमा गौरी खान पनि जाने भएकी छिन् ।

    गत अक्टोबर २ मा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसिवी) ले मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित आठ जनालाई पक्राउ गरेको थियो ।



    छोरा पक्राउ परेपछि निकै चिन्तित रहेकी गौरी पहिलो पटक उनलाई भेट्न जान लागेकी भारतीय मिडियाहरुले जनाएका छन् । यसअघि गत बिहीबार बिहान बुवा शाहरुखले आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए।



    छोरालाई धरौटीमा रिहा गराउन निकै लागिपरेका शाहरुखले मुम्बई स्पेसल कोर्टले धरौटी अस्वीकार गरेपछि जेल पुगेर आर्यनलाई भेटेका थिए।

    मुम्बई स्पेसल कोर्टले धरौटी अस्वीकार गरेपछि शाहरुख मुम्बई हाई कोर्ट पुगेका छन् । शाहरुखको निवेदनमा हाई कोर्टले आगामी मंगलबार फैसला सुनाउने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार