Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • सर्वोच्चका १४ न्यायाधीशहरुद्वारा ‘फूलकोर्ट’ बैठक बहिस्कार

    सर्वोच्चका १४ न्यायाधीशहरुद्वारा ‘फूलकोर्ट’ बैठक बहिस्कार

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि बोलाएको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो ।

    आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा आज फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए । आजको
    बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने बताइएको थियो । उनले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए ।



    तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ ।



    यसअघि हिजो अपरान्ह बसेको १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार