Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध रुपमा नेपाल छिरेका ११ जना अफगानी नागरिक सीआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेको छ।

सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुलाई आज बिहान सिनामंगलको एक घरबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्ड समेत बरामद भएको डीआईजी सिंहले जानकारी दिए।

डीआईजी सिंहका अनुसार पक्राउ परेका अफगानी नागरिकहरु तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।

उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको डीआईजी सिंहले बताए । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको डीआईजी सिंहले जानकारी दिए ।

सीआईबी प्रमुख डीआईजी  सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु अफगानी शरणार्थी रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077