Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • शाहरुख खानका छोरालाई छाड्न २५ करोड मागिएको खुलासा

    शाहरुख खानका छोरालाई छाड्न २५ करोड मागिएको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 3.1K
    SHARES

    एजेन्सी – आर्यन खान ड्रग्स प्रकरणमा नयाँ खुलासा भएको छ। किरण गोसावीका बडिगार्ड रहेका प्रभाकर सैलले यस प्रकरणमा नयाँ खुलासा गरेका छन्, जसले धेरैलाई चकित बनाएको छ।

    सैलका अनुसार गोसावीले आर्यन खानलाई छाड्नका लागि २५ करोड रुपैयाँ माग गरेका थिए। उनले शपथपत्रमा यस मामिलामा जोडिएका कुराहरुको विस्तारमा खुलासा गरेका छन्। एनसीबीले उनको कुरामा कुनै चासो राखेको छैन। हाल एनसीबीले हाल यस मामिलामा एक विज्ञप्ति जारी गर्दै सफाइ दिएको छ।



    जोनल निर्देशक समीर वानखेडेले उक्त आरोपको खण्डन गरेका छन्। एनसीबीका अधिकारी मुत्था आशोक जैनले विज्ञप्तिमा सोसल मिडियामार्फत प्रभाकरको एफिडेविटबारे जानकारी पाएको बताएका छन्।



    ‘यसमा प्रभाकरले २ अक्टुबर, २०२१ को दिन आफ्नो चाल र क्रियाकलापहरुबारे विस्तारमा उल्लेख गरेका छन्। जस्तो कि उनी यस मामिलाका साक्षी हुन् र मामिला अदालतमा छ। यस्तोमा प्रभाकरले आफ्नो बयान अदालतमा राख्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

    ‘उनले आफ्नो आरोप अदालतमा पेश गर्नुपर्छ, सामाजिक सञ्जालमा होइन। साथै उनले एफिडेविटमा एक व्यक्तिकाविरुद्ध यस्तो आरोप लगाएका छन् जसका बारेमा उनी अब थप जागरुक हुन जरुरी छ। उनी जे गरिरहेका छन् यो कसैले भनेको र सुनेको भरमा भएको जस्तो छ,’ विज्ञप्तिमा थपिएको छ।

    अशोकले अगाडि भने, ‘मुम्बई जोनल युनिटका हाम्रा जोनल निर्देशक समीर वानखेडेले यी सबै आरोपको खण्डन गरेका छन्। इस एफिडेविटलाई हामी एनसीबीका निर्देशक जनरललाई पठाइरहेका छौं। हाम्रो अनुरोध छ उनले यस मामिलामा छिट्टै एक्शन लिउन्।’

    प्रभारकले गोसावी र सैमले आफ्नो कुराकानीमा २५ करोड मागेको बताएका छन्। तर १८ करोडमा मामिला सेटल गर्ने सहमति भएको र गोसावीले १८ मध्ये ८ करोड समीर वानखेडेलाई जाने बताएको प्रभाकरले दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार