Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र ओलीलाई मार्सी भात खुवाउने दुर्गा प्रसाई एमालेमा प्रवेश

झापा । व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नजिक रहेका व्यवसायी प्रसाई आइतबार एमालेमा प्रवेश गरेका हुन्।

आइतबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा व्यवसायी प्रसाईसहित पाँच सयजना औपचारिकरुपमा एमाले प्रवेश गरेको झापास्थित एमाले पार्टी कार्यालयले जनाएको छ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईले एमाले प्रवेश गर्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. बाबुराम भट्टराईप्रति आफ्नो भ्रम टुटेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नै टाउकोको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ताको साँठगाँठ गरेकोप्रति खरो टिप्पणी गर्दै उनले भने,'आफ्नै टाउकाको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका व्यवसायी प्रसाईले कार्यक्रमामा प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार समेत नरहेको बताए।

व्यवसायी प्रसाई केही समयअघि माओवादी अध्यक्ष प्रचण्ड र एमाले ओलीलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077