Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बारका प्रतिनिधिलाई पनि सहभागी गराइने

    प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बारका प्रतिनिधिलाई पनि सहभागी गराइने

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। पछिल्लो समय विभिन्न विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका छन्।

    आइतबार मध्यान्ह नेपाल बार एसोसिएसनको कार्यसमितिहरुसँगाको छलफलपछि प्रधानन्यायाधीश राणाले भोलि सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।



    बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने बताइएको छ।



    केहीबेरअघि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए। पछिल्लो समय कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै दबाब बढाएका छन्।

    शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार