Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सोमालियामा सेना र विद्रोहीबीच महाभिडन्त: २० जनाको मृत्यु, ४० घाइते

    सोमालियामा सेना र विद्रोहीबीच महाभिडन्त: २० जनाको मृत्यु, ४० घाइते

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    file photo

    एजेन्सी । सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

    ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना त्यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।



    शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र त्यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो ।भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ ।



    सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो ।

    शनिबारको लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार