Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले १० बुँदेको ट्याउँ–ट्याउँ भन्न थालिसके, एमालेमा बस्ने साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए।

‘आदेशको पालना गर्‍यो भने स्यावास, त्यो बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ–ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने ओलीको शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताउँदै उनले भने–‘कुनै मर्यादा छैन्। कुनै सम्मान छैन्। कुनै छलफल छैन् । हो यी सबै कारणले हामीले विद्रोह गर्नुपरेको हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077