Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेस महाधिवेशन : मंसिरमा सम्वभ छैन, माघमा चाहिं हुनसक्छ

    कांग्रेस महाधिवेशन : मंसिरमा सम्वभ छैन, माघमा चाहिं हुनसक्छ

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    विराटनगर । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद नारायण खड्काले पटक–पटक सर्दै आएको पार्टीको महाधिवेशन मंसिरमा पनि सम्भव नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खड्काले मंसिरमा महाधिवेशन हुने सम्भावना नरहेको भन्दै माघसम्म सर्न सक्ने बताएका हुन् ।

    मन्त्री खड्काले केही जिल्लाहरूमा अझै वडा अधिवेशन भइनसकेकोले महाधिवेशनको मिति सर्नसक्ने बताएका हुन् । उनले भने–‘केही जिल्लाहरूमा अहिले पनि वडा अधिवेशन हुन नसकेको र केही साथीहरू अहिले पनि अनशनमा हुनुभएकाले सबै समस्या समाधान भएपछि मात्रै महाधिवेशन हुन्छ । त्यसैले मंसिरमा महाधिवेशन हुने सम्भावना छैन । पार्टी महाधिवेशनको अर्को मिति माघको पहिलो सातासम्म पुग्ने देखिन्छ ।’



    परराष्ट्रमन्त्री खड्काले मुलुकमा ‘अर्ली इलेक्सन’को कुनै सम्भावना नभएको पनि बताए । उनले भने–‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ । अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैतरवैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’



    उनले प्रदेश सरकारको नेतृत्वको बारेमा अझै सहमति हुन बाँकी रहेको पनि बताए । संघीय सरकारको पूर्ण कार्यकाल पूरा गर्नका लागि शक्ति सन्तुलन मिलाउँदा कही लिनुपर्ने र कहीँ छोड्नु पर्ने अवस्था आएको बताउँदै उनले भने–‘सत्तारुढ दलबीच चाँडै प्याकेजमा सहमति भएपछि मात्रै कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने बारे अन्तिम टुंगो लाग्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार