Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पूर्व न्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजिनामा, नदिए महाअभियोग लगाउन अपील

    पूर्व न्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजिनामा, नदिए महाअभियोग लगाउन अपील

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग गरेको छ ।

    फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको उल्लेख गर्दै प्रधानन्यायाधीश राणाको राजिनामा माग गरेको हो।



    विज्ञप्तिमार्फत फोरमले आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । यस्तै राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिल समेत गरेको छ ।



    विज्ञप्तिको १५ नं बुँदा भनिएको छ, ‘अतः सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा नै प्रधानन्यायाधीशको भूमिकामा उठाइएको प्रश्न, प्रतिनिधिसभा विघटनका मुद्दालगायत विभिन्न मुद्दाहरुको पेशी सूची तोक्ने सम्बन्धमा उठेका विवादहरू, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएको भनी आरोप लागिरहनु, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई नै विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाई तथा मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीको समाचारसमेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ ।’

    तर, प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तब्य पूरा गर्न अग्रसर हुनका लागि फोरमले आह्वान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार