Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले हावादारी गफ र उखान टुक्कामार्फत् गिनिज बुकमा नाम लेखाउँछन्: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् । बुधबार एमाले अध्यक्ष ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गर्दै ओलीका गिनिज बुक रेकर्ड साझा गरेका हुन्। पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् ओलीका गिनिज बुक भन्दै पाँच वटा बुँदा उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्-'ओलीको गिनिज बूक रेकर्ड- १. २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना; २.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा ३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी ४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम ५.हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिंगाल सेना !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077