Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयद्वारा प्रहरीको रासन भत्ता १५ प्रतिशतले वृद्धि गर्ने तयारी

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने तयारी थालेको छ ।

गृहले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा व्यवस्था गरिए बमोजिम कार्यान्वयनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ मा प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को आगामी बैठकमा रासन वृद्धि सम्बन्धी फाइल पेस गर्न स्वीकृत गरिसकेको स्रोतले दाबी गरेको छ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गत साउन एक गतेदेखि नै वृद्धि भएको रासन भत्ता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077