काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ (ईयू) की राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सेनाले जनाएको छ ।
सैनिक मुख्यालयका अनुसार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको बताइएको छ ।
यसअघि प्रधानसेनापति शर्माले अष्ट्रेलियाली राजदूतसँग भेटवार्ता गरेका थिए।
Leave a Reply