काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएपछि त्यसको जवाफमा रावलले यस्तो बताएका हुन्।
कार्यक्रममा ओलीले भनेका थिए, ‘अब यो १० बुँदेको एकतारे बजाइरहनु आवश्यक छैन। एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौँ न खुरुक्क। अब कति बजाउने १० बुँदे ?’
ओलीको जवाफ दिँदै रावलले सामाजिक संजालमार्फत् ट्वीट गर्दै लेखेका छन्, ‘१० बुँदे सहमति 'एकतारे' होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’
https://twitter.com/BhimRawal179/status/1450841218837934086