Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बाढी-पहिरोमा परेर ज्यान गुमाएका परिवारहरुलाई राहत स्वरुप रकम उपलब्ध गराउने भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले बाढी-पहिरोमा परेर परिवारका एक जना सदस्य गुमाएको परिवारलाई दुई लाख र दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार साथै बैठकले हालैका दिनमा प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो।

यस्तै, बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउने समेत निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको  मन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077