Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमालेले चाहे एक हप्ताभित्रै सरकार ढाल्न सक्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

बुधबार एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् ।

कार्यक्रममा ओलीले भने, ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं, तर एमालेले त्यसो गर्दैन ।

यस्तै, फरक प्रसंगमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारुढ गठबन्धनले कार्यकर्ताहरूलाई कहाँ कसलाई भोट हाल्ने भनेर अलमलमा पारेकोआरोप लगाए।

ओलीले सत्तारुढ गठबन्धनकाे एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गर्दै यसले कार्यकर्ता अलमलमा परेको दाबी गरे।

‘सरकारको ग्रास घटेको छ, चुनावसम्म साँठगाँठ जोगाउनमात्रै ध्यान छ, ओलीले भने, 'अरुको त कुरै छोडौं कांग्रेसका पुरानाहरू पनि पुर्पुरामा हात राखेर बसेका छन् । रुखमा भोट हाल्ने कि पेन्सिलमा हाल्ने कि हँसिया हतौडामा भनेर ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077