Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढुंगाड बस्तीमा बाढी : गाउँपालिका अध्यक्ष भन्छन्, ‘अहिले सबै सकुशल छन्, राति ठूलो पानी परे भन्न सकिन्न’

बैतडी । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेपछि स्थानीय करिब ६० जना स्थानीय त्यहाँ फसेका छन्।

सोमबार रातिदेखि परेको ठूलो वर्षापछि सेती नदीमा आएको बाढीमा फसेका उनीहरु उद्धारको पर्खाइमा छन्। उता उद्धारका लागि उडेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ।

यसैबीच सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन्। अनलाइन नेपालसँग कुराकानी गर्दै अध्यक्ष धामीले हालसम्म त्यहाँ फसेका स्थानीयहरु सकुशल रहेको खबर प्राप्त भएको जानकारी दिएका छन्।

‘हालसम्म सबै स्थानीय सकुशल रहेको खबर प्राप्त भएको छ। आज उद्धारको कार्य हुन सकेन, भोली बिहान उद्धारका लागि प्रयास गरिने तयारी भइरहेको छ,’ उनले भने।

‘उद्धारका लागि आएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ। राति ठूलो पानी पर्यो भने के होला भन्न सकिन्न,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077