Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाकालीको बाढीमा फसेका ५ जनाको हेलिकप्टरमार्फत सकुशल उद्धार

कञ्चनपुर — नेपाली सेनाले हेलिकप्टरमार्फत महाकालीको बाढीमा फसेका ५ जनाको सकुशल उद्धार गरेको छ। सोमबार रातिदेखि फसेका उनीहरुको मंगलबार साँझ उद्धार गरिएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा सोमबारदेखि ५ जना फसेका थिए। खराब मौसकका कारण कठिन भएको उद्धारकार्य मंगलबार मात्र सम्भव भएको हो। ‘सबैको सकुशल उद्धार गरेर हेलिकप्टर फर्किएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले भने, ‘सबैको एक÷एक गरेर उद्धार गरिएको हो।’

कुखुराको खोर कुर्न गएका उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि बीचमा फसेका थिए। बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए। रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो।

नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुबाट रुखमा चढेको अवस्थामा सकुशल उद्धार भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077